पोखरा । अमेरिकामा संचालित भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसीपमा नेपालले अर्को स्वर्ण पदक पनि हात पारेको छ ।
युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वाधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजना भएको च्याम्पियनसीपमा नेपालका दावा शेर्पाले स्वर्ण जितेका हुन् ।
यसअघि ५० केजीमुनि नेपालका लक्ष्मण ऐर क्षेत्रीले स्वर्ण जितेका थिए । त्यस्तै, ४० वर्ष मूनीमा रेशमाया गुरुङले कास्य पदक जितेकी थिइन् ।
शनिबार राति भएको कलर बेल्ट अन्तर्गत जुनियर इभेन्टमा मुस्कान सेवाका दावा शेर्पाले पहिलो हुँदै स्वर्ण पदक जितेका हुन् ।
यस्तै, कलर बेल्टमा नेपालकै माइती नेपालकी सस्मिता केसीले रजत जितेकी छिन् । यसैगरी, नेपालकै अर्जुन तामाङले पनि कलर बेल्टमै जुनियरतर्फ रजत पदक जितेका छन् ।
च्याम्पियनसीपमा विश्वका २० भन्दा बढी देशका खेलाडीले जुममार्फत अनलाइन प्रस्तुति दिएर प्रतिस्पर्धा गरेका थिए । यो च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गर्नुपर्ने थियो ।
अघिल्लो महिना भएको अनलाईन पुम्से युरोपियन च्याम्पियनसीप र विश्व च्याम्पियनसीप पुम्सेको भिडियो खिचेर यूट्युब लिंक पठाएर सहभागि हुनपर्ने थियो ।
नेपालबाट कुल ७ खेलाडीले प्रतिस्पर्धा गर्दा २ स्वर्ण २ रजत र १ कांस्य जित्न सफल भएको हो । च्याम्पियनसीपमा २ खेलाडी भने पदकविहीन बने ।
सो च्याम्पियनसीपमा नेपालका अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । कोरोना भाइरस कोभिड १९ का कारण पछिल्लो समय अनलाइन पुम्से प्रतियोगिता हुँदै आइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१