भत्ता नलिने राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाको घोषणा

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
Ganesh Timilsina, Chairman

पोखरा । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् ।

‘मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि भन्दै विहीबार (जेठ २२ गते) देखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनैपनि भ्रमण भत्ता नलिने’ अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।

बिहीबार संघीय संसद सचिवालय, आर्थिक प्रशासन शाखालाई पत्र लेखी उनले उक्त भत्ताहरु नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width