पोखरा, २२ जेठ । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान थप सङ्क्रमण पुष्टि भएको जनाएको हो । यससँगै प्रदेशमा सङ्क्रमित कूल ५४ पुगेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकामा बागलुङको निसीखोला गाउँपालिका ठेगाना भइ सोही पालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२ र २९ का दुई पुरुष र वर्ष ३३ की एक महिला, बडीगाड गाउँपालिका घर भइ क्वारेन्टिनमा रहेका वर्ष १६, २०, २१ र २५ का चार पुरुष र गलकोट नगरपालिकाको क्वारेन्टिनमा बसेका वर्ष २०, २२ र २३ का तीन पुरुष गरी बाग्लुङमा १० जनामा सङ्क्रमणको पुष्टि भएको सो निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका घर भइ सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष १८ का एक पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । पर्वत फलेवास ठेगना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २१ का दुई पुरुष र बिहादी गाउँपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४ र २८ का दुई पुरुषमा गरी चार जना,म्याग्दीको मङ्गला गाउँपालिकाको क्वारेन्टिनमा रहेका १९ का एक पुरुषमा समेत सो सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएका सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइन्छ । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।
हालसम्म बागलुङमा १८, स्याङ्जामा १३, नवलपरासीमा १०, पर्वतमा नौ, म्याग्दीमा दुई तथा तनहुँ र लमजुङमा एक–एक सङ्क्रमित छन् । कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म तीन हजार ९६३ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३६७ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ५४१ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१