पोखरा, २१ जेठ । प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ।विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै अग्र भागमा खटिने पत्रकारलाई सुरक्षित रहेर आफ्नो कार्यमा खटिन सहज होस् भन्ने हेतुले नेलम्बो नेपालले सहयोग गरेको हो ।
उत्तः संस्थाका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक किसन कोइरालाले ती स्वास्थ्य सुरक्षा सामग्री नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र उपाध्यक्ष प्रकाशचन्द्र सापकोटालाई हस्तान्तरण गरेका हुन् । जोरो नाप्ने थर्मल गन, स्यानिटाइजर, मास्क, ग्लब्स सहयोग गरिएको छ ।‘अग्र भागमा खटिने पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्न पाउँदा हामी खुशी छौं’ अध्यक्ष देवकोटाले भने,‘पक्कै पनि हाम्रो सहयोगले सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत मिल्ने विश्वास लिएका छौं ।
आगामि दिनमा पनि नेपाल प्रेस युनियन कास्कीसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले सहयोगप्रति अभार प्रकट गरे । ‘यो महामारीको बेला पत्रकार अग्रभागमा खटिएर रिपोटिड्ड गर्नुपर्ने भएकोले स्वास्थ्य सुरक्षा सामग्री अझै बढी आवश्यक पर्दछ’ अध्यक्ष सिग्देलले भने,‘ यहाँहरुले सहयोग गरेको यी सामग्री कास्की जिल्ला मात्रै नभई छिमेकी जिल्लाका पत्रकारलाई समेत पुर्याउने कोशिश गर्छाै।’
पोखरामा रहेको नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा वितग ३ वर्षदेखि काम गर्दै आएको छ ।यसअघि पनि नेलम्बो नेपालले कास्कीका विभिन्न ठाउँमा स्वास्थ्य सुरक्षा, औषधि र खाद्यान्य सामग्री वितरण गरेको सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
प्रतिबन्ध कार्यान्वयनमा सघाउन आग्रह गर्दै टिकटकलाई प्राधिकरणको जवाफी पत्र
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१