उपचारार्थ लगिएकी महिलाकाे सुई लगाउनासाथ मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७७
mulmi

फाेटाेः पति प्रदिप मुल्मीका साथ मिरा मुल्मी

पाेखरा, १६ जेठ। फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष प्रदिप मुल्मीकी श्रीमती मिरा मुल्मीकाे निधन भएकाे छ।

पेट दुखेर गैह्रापाटन स्थित फिस्टेल अस्पतालमा उपचारार्थ लगिएकाेमा उनलाई दुखाई कम गर्ने सुई लगाउनासाथ मृत्यु भएकाे आफन्त केशव खत्रीले जानकारी दिए।

पाेखरा ४ सिद्धार्थ चाेक बस्ने ३६ वर्षकी मिरा शुक्रबार बिहानमात्रै पतिसँग मर्निङ वाक गई खाना पकाएर परिवारसमेतलाई खुबाएकी थिइन्।

अस्पताल स्राेतले हृदयघातका कारण मृत्यु भएकाे दाबी गरे पनि परिवारजन मान्न तयार छैनन्।

विवाद समस्या समाधानका लागि अस्पतालमा वार्ता चलेकाे छ। मुल्मि दम्पतीका एक छोरा र एक छोरी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width