स्वास्थ्य सचिव यादव तानिए प्रधानमन्त्री कार्यालयमा

Avatar एजेन्सी
जेठ १५, २०७७
yadav-koirala-secretary-health_JlfDlxyXCL

पोखरा, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेको छ ।

मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषदले स्वास्थ्य सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तान्ने निर्णय गरेको हो । सचिव कोइरालालाई फागुन १८ मा स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको थियो। स्वास्थ्य मन्त्रालयमा आएसँगै सचिव कोइराला विवादमा फस्दै आएका थिए। स्वास्थ्यमा आएको तीन महिना नपुग्दै उनको सरुवा गरिएको हो।उनको ठाउँमा आएका सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads