अपांग र एकल महिलाको भत्ता नरोक-काँग्रेस

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७७
1507870095

काठमाडौं, ८ जेठ । अपांग र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता सरकारले हाल वितरण नगर्ने भनी सरकारले गरेको निर्णयप्रति नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ ।

सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल महिलालाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई हाल वितरण नगर्ने निर्णय गरेको थियो । नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान रहेको भन्दै कांग्रेसले सामाजिक सुरक्षा भत्ता रोक्नु कानून र नियमविपरीत भनेको छ ।

कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य हो’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्तिमा भनेका छन् । कांग्रेसले उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width