पोखरा, ६ जेष्ठ । वेदगुरु अग्निहोत्रि पण्डित केदारनाथ उपाध्याय तिमिल्सिनाको ९७ औं वर्षमा निधन भएको छ।
पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक उपाध्यायको आफ्नै निवास पोखरा १८ चिसाखोला आश्रममा सोमबार बेलुका निधन भएको हो।
वि.स. १९८० मा नुवाकोट जिल्लाको खनियाखर्क धनदेउमा जन्मिएका उपाध्यायले वि.स. १९९९ देखि पोखराको चिसाखोला आश्रममा रहि धार्मिक अनुष्ठानहरु गर्दै २०१७ सालदेखि उक्त आश्रम सञ्चालनको अभिभारा लिएका थिए। उक्त आश्रममा पोखरा चिसाखोला वेदविद्याश्रम स्थापना भई औपचारिक वैदिक शिक्षाको थालनी सहित हाल कक्षा १२ सम्मको पढाई भैरहेको छ।
यसैगरी पं. केदारनाथ र धर्मपत्नी दिव्यश्वरीबाट चिसाखोला आश्रम गुठी अक्षयकोष स्थापना भएको छ।
स्व. उपाध्यायका दुई छोरा र चार छोरी, नातिनातिनाहरु समेत रहेका छन्। जेठा छोरा मोक्षनाथ तिमिल्सिना पोखरा चिसाखोला वेद विद्याश्रमका प्राचार्य हुन् । यसैगरी कान्छा छोरा राजेन्द्र राज तिमिल्सिना नेपाल टेलिभिजनका पत्रकार हुन्। स्व. उपाध्यायकाे मंगलबार सेतीनदीकाे तुल्सीघाटमा दाहसंस्कार गरिएकाे छ ।
Related News
सम्बन्धित समाचार
बुधबारदेखि टिकट काउण्टर बन्द
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
दमौली बजार इकाइमा भूपाल
आगलागी पीडितलाई मन्त्रीको राहत
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७