जेनेभा, ५ जेठ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ ।
सो रकम दुई बर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार जानकारी दिनुभयो ।
विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेको छ ।
विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।
“हामीले कोरोनाभाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सवैलाई बाँड्न चाहन्छौँ, हामीले हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो ।
संगठनलाई अमेरिकाले यसअघि दिँदै आएको सहयोग कटौती गरेको बेला चीनले भने सहयोगको हात फैलाएको हो।
अमेरिकाले सहयोग कटौती गर्ने घोषणा गर्दा विश्वभरबाट आलोचना भएको थियो । विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१