फूलबारीको गार्डेन युवा क्लबले दियो रामबजारको वडा प्रहरी चौकीलाई स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
जेठ १, २०७७
Garden Youth Club

पोखरा । पोखरा महानगरपालिका–११ फूलबारीस्थित स्थानीय गार्डेन युवा क्लबले बिहीबार वडा प्रहरी कार्यलय रामबजारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना (कोभिड–१९) बाट बच्न क्लबले रामबजार वडा प्रहरी कार्यलयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्लबले राहतस्वरुप ४० कार्टुन मिनरल पानी सहित ५ सय थान माक्स, पञ्जा १ हजार थान ५ सय मिलि लिटरको ६ वोटल स्यानिटाइजर (३ लिटर) लगायतको स्वास्थ्य सामग्री प्रदान गरेको हो

क्लबका अध्यक्ष विनोद गुरुङ, उपाध्यक्ष विकास गुरुङ सदस्य अमृत गुरुङ, सल्लाहकारहरु नवराज भण्डारी र देवेन्द्र बास्तोला लगायतले रामबजार वडा प्रहरी कार्यलय ईञ्चार्ज प्रहरी निरीक्षक प्रकाश थापालाई संयुक्त हस्तान्तरण गरेको हो ।

कोरोनाको महाब्याधीले विश्व नै आक्रान्त पारेको बेला सुरक्षा व्यवस्थापनका लागि अग्रमोर्चामा रहेको प्रहरीहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको क्लबका अध्यक्ष गुरुङले बताए । यसले विपद्को अवस्थामा जीउ ज्यान नभनी सुरक्षाकर्ममा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई हौसला बढ्ने गुरुङको भनाई थियो ।

यसअघि, क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागि पोखरा महानगरले स्थापना गरेको राहत कोषमा सहयोग र खुल्ला रक्तदानको आयोजना गरेको थियो ।

क्लबले पोखरा महानगरपालिका वडा नं ११ को वडा कार्यलयको समन्वय र नेपाल रेडक्रस सोसाइटी कास्कीको रक्तसंचार सेवा कार्यलयको व्यवस्थापनमा ६ दिनअघि मात्रै शनिबार फूलबारीस्थित शिवशक्ति माविमा खुल्ला रक्तदानको आयोजना गरेको थियो ।

त्यस्तै, क्लबले गत वैशाख २२ गते कोरोना रोकथामका लागि पोखरा महानगरले स्थापना गरेको राहत कोषका लागि ५० हजार १ सय ५ रुपैयाँ प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…

hero news full width