बुधवार दुई जना संक्रमित, संक्रमितको संख्या २१९ पुग्यो

एजेन्सी
वैशाख ३१, २०७७
f78005d5ec8ac1453e834a6915cb5b3c_w1000_h500_cp

काठमाण्डौ, ३१ वैशाख । कपिलवस्तुमा पनि बुधवार एकजनामा कोरोना पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको संख्या २१९ पुगेको छ, स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका व्यक्ति कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षीय पुरुष हुन् ।

आजै यसअघि, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जिल्ला नेपालगञ्ज वडा नं. ८ निवासी ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुवैको अवस्था सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width