लिपुलेक अतिक्रमणको बिरोधमा उत्रिएकी रञ्जु दर्शना पक्राउ

एजेन्सी
वैशाख ३०, २०७७
Ranju-darshana 111

काठमाडौं, ३० वैशाख । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई मंगलवार माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा ल्याएको नेतृ दर्शनाले बताइन् ।

हामी ५–६ जना त्यहाँ पुग्नासाथ प्रहरीले धरपकड गर्यो र यहाँ ल्यायो,’ उनले भनिन् । आफूहरुले त्यहाँ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width