अतिक्रमित भूमि फिर्ता ल्याउन प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव पेश

रासस
वैशाख २८, २०७७
RS_KTM_samsad_20200510_Samsad(2)

संघीय संसद् भवन नयाँबानेश्वमा आइतबार बसेको प्रतिनिधिसभाकोे बैठकमा सहभागी सांसद। तस्वीरः रत्न श्रेष्ठ, रासस

भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै सङ्घीय संसद्मा सङ्कल्प प्रस्ताव दर्ता भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु गणेश ठगुन्ना, डा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले आज प्रतिनिधिसभामा उक्त सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो।

सङ्कल्प प्रस्तावमा दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साले प्रमाणित गरेको उल्लेख छ।

सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्कने कुटियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेकाले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न/गराउन सङ्कल्प प्रस्ताव पेश गरिएको उहाँहरुले जनाउनुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width