गार्डेन युवा क्लबको खुल्ला रक्तदानमा १२० युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७७
Blood Donationa, Fulbari

देशमा रगतको अभाव भएको अवस्थामा खुल्ला रक्तदानको आयोजना गरेको भन्दै क्लबका अध्यक्ष विनोद गुरुङलाई प्रमाणपत्र प्रदान गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की रक्तसंचार सेवा कार्यलयका महेन्द्र केसी ।

पोखरा । पोखरा महानगरपालिका–११, फूलबारीस्थित स्थानीय गार्डेन युवा क्लबद्धारा आयोजित खुल्ला रक्तदानमा १२० युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका वडा नं ११ को सहकार्य र नेपाल रेडक्रस सोसाइटी कास्कीको क्षेत्रीय रक्त संचार सेवा कार्यलयको व्यवस्थापनमा क्लबले खुल्ला रक्तदानको आयोजना गरेको हो । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले पहिलो रक्तदाता हरिश्चन्द्र बास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरेर रक्तदानको उद्घाटन गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की रक्तसंचार सेवा कार्यलय महेन्द्र केसीले रक्तदान आयोजक गार्डेन युवा क्लबका अध्यक्ष विनोद गुरुङलाई प्रमाणपत्र प्रदान गरे । क्लबका अध्यक्ष गुरुङले रक्तदान कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिका वडा नं ११, रक्तसंचार सेवा कार्यलय, रामबजार प्रहरी चौकी तथा रक्तदाता र रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने संपूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा पोखरास्थित रामबजार प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरीक्षक प्रकाशबहादुर थापाको समेत उपस्थिति थियो ।

गार्डेन युवा क्लबले केही दिन अघिमात्रै पोखरा महानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि ५० हजार १ सय ५ रुपैयाँ प्रदान गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width