तमु धिं नेपालले पोखरा महानगर विपद व्यवस्थापन कोषमा १ लाख १ हजार सहयोग

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७७
tamu diiiii

पोखरा, २७ बैशाख। तमु धिं नेपालले पोखरा महानगपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ। प्राणघातक कोभिड १९ कोरोना भाइरसले मुलुक डेढ महिना अघिदेखि लकडाउन भइरहेको अवस्थामा तमु धिं नेपालले पोखरा महानगरपालिकाको विषद व्यवस्थापन कोषमा शनिवार सहयोग हस्तान्तरण गरेको हो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा गएकाे तमु धिं नेपालकाे टोलीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकमकाे चेक हस्तान्तरण गरे। चेक ग्रहण गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोरोनाले विश्व नै माहामारीमा परेको बेला तमु धिं नेपालले गरकाे सहयोगकाे लागि पोखरा महानगर कार्यपालिकाकाे तर्फबाट धन्यवाद व्यक्त गरे। भेटमा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले हालको समस्यामा परेका महानगरबासीका समस्या समाधान गर्न जुटिरहेको र केही समस्या भए महानगरको हटलाईन ११८१ र ११८६ मा सम्पर्क गर्न अनुरोध गरिन्। महानगरले चैत्र महिना यता ४२ दिनभित्रका सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त राहत र नगद ५ सय रुपैया वितरण गर्दै आएको उनले बताइन्।

तमु धिं नेपालमा कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले कोरोनाको कहरमा पोखरा महानगरपालिकालाई संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै थोरै भए पनि सहयोग गरेको बताए। आफै मागेर सञ्चालन हुने सामाजिक संस्थाले मुलुक संकटमा पर्दा सक्दो सहयोग गर्नुपर्दछ र अझै पनि महानगर, वडाहरुलाई आवश्यक परे भन्नुस् तमु धिं नेपाल र ४८ क्षेत्रीय समाजहरु सहयोग गर्न तयार रहेको उनकाे भनाई थियो।

यस अघि तमु धिं नेपाल र क्षेत्रीय तमु समाजहरुको तर्फबाट गण्डकी प्रदेश सरकारलाई कोरोना भाइरस नियन्त्रण र उपचारकोषमा ५ लाख रुपैया सहयोग हस्तान्तरण गरिसकेको छ भने क्षेत्रीय तमु समाजहरुले आफ्नो समाज भित्र र क्षेत्रमा समस्यामा परेकाहरुलाई राहत वितरणका साथ सहयोग गर्दै आईरहेको छ। यसरी नै तमु धिं नेपालले क्वारेण्टाइनका लागि आवाश्यकता भए प्रदेश सरकारलाई तमु धिं नेपाल र क्षेत्रीय समाज भवनहरु उपलब्ध गर्ने निर्णय नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेको थियो।

Related News

सम्बन्धित समाचार

    • हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पोखरा, ३१ चैत । हावाहुरीका कारण रुख ढल्दा पोखरामा मंगलबार साँझ १ जना घाइते भएका छन् । रानीपौवाको मुख्य सडकमा…
    • तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      पोखरा । तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको २०७८ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान…
    • पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा, २८ चैत । पाल्पाली समाज पोखराले वर्ष–२०७८ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरामा शनिबार…
    • लाङ्दी तमु समाजमा बालकृष्ण

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । लाङ्दी गाउँ तमु समाज पोखराको भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष…
    • अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको पोखरामा शुक्रबार आयोजित १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको…

    hero news full width

    sanil ads

    wordlink ads