निर्माण सामग्री बोक्ने सवारीलाई पास नचाहिने

rss रासस
वैशाख २६, २०७७
Huaxin-Cement-factory

Representative Image

काठमाडौं, २६ वैशाख ।  सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो ।

उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ ।

“लकडाउनलाई कायम राख्दै विकास निर्माण, उद्योग तथा कलकारखानाका लागि चाहिने सामग्री बोक्ने सवारीलाई सहज आवतजावत गर्न मिल्ने गरी व्यवस्थापन गर्ने निष्कर्ष निकालेका छौँ, इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने भन्ने बैठकको निष्कर्ष रहयो, यो निर्णय गृहमन्त्रालयमा पठाउँछौँ”, प्रजिअ दाहालले भन्नुभयो ।

उहाँले उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा सङ्घसंस्थाको हकमा सम्बन्धित संस्थाका नियामक निकायले पास जारी गर्ने जिल्लाको हकमा सम्बन्धित कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीमार्फत पास जारी गर्ने निष्कर्षसमेत उक्त बैठकले गरेको छ ।

मान्छेको भिडभाड हुन नदिने र सरकारले तोकेका गतिविधि गर्न नदिने विषयमा भने थप कडाइ गर्ने निष्कर्षसमेत निकालिएको छ । विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको छ ।

केही दिन अघिदेखि नेपाल प्रहरीले उपत्यकामा दैनिक उपभोग्य र स्वास्थ्य उपचारसम्बन्धीका सवारीबाहेकका सवारी पास भए पनि प्रवेश निषेध गरेको थियो । अब भने विकास निर्माणसँग सम्बन्धित गाडी भने स्वास्थ्य मापदण्ड पूरा गरेर आउन पाउने छन् । त्यस्ता सवारीमा अन्य यात्रु बोक्न भने पाइने छैन ।

सरकारको निर्णयसँग आजदेखि भने उपत्यकामा गाडीको चाप थप बढेको छ । साना गाडी बढी गुडिरहेका छन् । यात्रुबाहक गाडी भने चलेका छैनन् । उपत्यकाका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । आजदेखि बैंक तथा वित्तीय संस्थासमेत खुलेकाले त्यस्ता संस्थामा मानिसको अत्यधिक भीड देखिएको छ । लामो लाइन बसेर सेवा लिइरहेको पाइएको छ ।

सरकारले कृषि, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानीका साधन, जनक शिक्षा सामग्री केन्द्रको सिफारिसमा शैक्षिक सामग्री बोकेका सवारी, विकास आयोजना सम्बन्धी, स्वास्थ्यसम्बन्धीका गाडी, भन्सारबाट जाँच पास भएर आएका मालबाहक सवारीलाई चल्न दिने निर्णय गरेको छ । यस्ता सबै सवारी चल्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने हुन्छ ।

यस्तै सार्वजनिकस्थल, धार्मिकस्थलमा जमघट गर्न, खेलसम्बन्धी, होटल रेष्टुराँ, यात्रुबाहक बस सञ्चालन गर्न भने सरकारले रोकेको छ । यस्तै बालबालिका, वृद्धवृद्धा, असक्त मानिसको आवतजावतमा समेत रोक लगाएको छ ।

Related News

सम्बन्धित समाचार

    • पोखरा जेसीज ४७ औं वर्षमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पोखरा । पोखरा जेसीज ४७ औं वर्षमा प्रवेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पोखरा…
    • प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पोखरा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बदलिँदो राजनीतिक अवस्था अनुरुप सुरक्षा नीति बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।…
    • बुधबारदेखि टिकट काउण्टर बन्द

      rss रासस चैत्र ३०, २०७७
      काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका…
    • प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…
    • ५ सञ्चारकर्मीलाई जनमत सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लमजुङ । जनमत वाङ्मय प्रतिष्ठानले ३७ औं वार्षिकोत्सवमा पत्रकार नवराज पहाडीसहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा लमजुङका पहाडी,…

    hero news full width

    sanil ads

    wordlink ads