काठमाण्डौ, २२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सोमवारसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका जनाएको छ । ती मध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।
देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्वीरहरु सार्वजनिक भइरहेका बेला मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्ता किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले त्यसले शरिरमा हानी पुर्याउने बताए।
लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने बताइएको छ । शरीरमा कीटनाशक पदार्थ छर्कदैँमा कोरोना भाइरस निको नहुने तर त्यसले स्वास्थ्यमा असर गर्ने जनाएको छ। ‘शरिरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, कुनै ब्लिच, कीटनाशक झोल, क्लोरिन जस्ता डिसइन्फेक्टहरु शरिरमा लगाउँदा वा छर्कदा यो भाइरस नास हुँदैन,’ उनले भने, ‘भाइरसको वृद्धि हाम्रो शरिरको कोषभित्र भइरहेको हुन्छ। यस्ता झोलहरुले हाम्रा आँखा नाक मुख आदिमा धैरै हानी पुर्याउँछन। मानिसमा सिधैँ यस्ता कीटनाशक पदार्थहरु छरिनु हानिकारक छ।’
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। यस्ता डिसइन्फेक्टहरु सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वास सम्बन्धी बिभिन्न समस्याहरु पनि उत्पन्न भएको विभिन्न अध्ययनहरुले देखाएको प्रवक्ता देवकोटाले बताए।कोभिड १९ बाट जोगिने सबैभन्दा सरल र महत्वपूर्ण उपाय २० सकेन्डसम्म मिचिमिची साबुन पानीले हात धुने र लकडाउनको पालना गरेर सामाजिक दूरी कायम गरेर यो भाइरसबाट जोगिन सक्ने उनले बताए।
Related News
सम्बन्धित समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१