बुद्धिष्ट कम्युनिटी सेन्टर (विसिसि) युके लण्डन शाखाद्वारा शनिवार पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानी र पोखरा ८ चिप्लेढुंगाका ८६ परिवारलाई खाद्यान्न लगायत सामाग्री र दुई जना दिर्घरोगीलाई नगद राहत गरी २ लाख २९ रुपैयाको राहत वितरण गरेको छ।
कोभिड १९ कोरोना भाइरसको महामारीले लामो लकडाउनले विपन्न वर्ग, दृष्टिविहिन, अपांग, असहाय दीर्घ रोगीहरु सबैभन्दा बढी समस्या परेको भन्दै बिसिसि युके लण्डन शाखाले संजीवनी दिदिबहिनी केन्द्र मार्फत साे राहत वितरण गरेको हो।
पोखरा महानगरपालिका वडा नं.२७ रिठेपानीमा आयोजित कार्यक्रममा संजीवनी दिदिबहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङ लगायत कार्यसमिति, युकेबाट आउनुभएकी डा.प्रतिमा गुरुङ, पोखरा २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ, स्थानिय राजजिङ स्टार क्लवका अध्यक्ष विष्णु गुरुङ लगायतले राहत वितरण गरेका थिए। कार्यक्रममा अति आवश्यक रहेका सुकुम्बासी, अपांग, सुत्केरी, जेष्ठ नागरिक लगायत असहाय ६४ परिवारलाई चामल, दाल, तेल लगायतको खाद्य सामग्री राहत वितरण गरेकाे बताइएकाे छ। कार्यक्रम संचालन संजीवनी दिदिबहिनी केन्द्रकी सचिव कौशिला गुरुङले गरेकी थिइन्।
साथै उक्त कार्यक्रम पश्चात रिठेपानी कै दुवै मिर्गौला पिडित यमबहादुर गुरुङ र क्यान्सर पिडित कुमारी बिकलाई बिसिसि युके लण्डन शाखाको राहत रू १०/१० हजार संजीवनी दिदिवहिनीकी अध्यक्ष बिना गुरुङले प्रदान गरेकी छन्।
शनिवार नै पोखराको चिप्लेढुंगामा एक कार्यक्रम आयोजना गरी १५ जना दृष्टिबिहीन र ७ जना विपन्न असहाय परिवारलाई संजिवनी दिदिवहिनी मार्फत बिसिसि युके लण्डनको राहत वितरण गरिएको जनाइएकाे छ। राहत स्वरुप २२ परिवारलाई चामल, दाल, तेल,मास्क, सेनिटाइजर,साबुन वितरण गरिएको संजीवनी दिदिवहिनी केन्द्रकी अध्यक्ष बिना गुरुङले जनाएकी छन्।
युकेमा १ लाख ७७ हजार भन्दा वढी संक्रमित, तीस बढी नेपालीहरुसहित २७ हजार ५ सय भन्दा बढीको मृत्यु भई अत्यन्तै महाव्याधिको अवस्थामा पनि जन्मभुमि नेपालका नेपालीहरुको पिडामा थोरै भए पनि मल्हमपट्टि लगाउन बिसिसि युके लण्डन शाखाकी आमा प्रमुख, सामाजिक अभियन्ता अन्तिम गुरुङको पहलमा इष्टमित्र, साथीहरुसँग २ लाख २९ हजार संकलन गरी अति समस्यामा परेकाहरुलाई राहत वितरण गर्न संजीवनी दिदिवहिनी केन्द्रलाई रकम पठाइएको बिसिसि लण्डनका अध्यक्ष गमरसिंह घलेले बताएका छन्।
आफुहरु युकेमा कार्यरत रहे पनि नेपाल र नेपालीको हरेक दुःख सुखमा बिसिसि लण्डन र आफुहरु रहेको समाजसेवी, सामाजिक अभियन्ता अन्तिम गुरुङले बताएकी छन्।
Related News
सम्बन्धित समाचार
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१