भलाममौजामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

एजेन्सी
वैशाख २०, २०७७
1-1

पोखरा । लकडाउनको समयमा स्वास्थ संस्थाहरुमा रगतको अभाव न्यूनीकरण गर्न पोखरामहानगर वडा न २० भलाममौजामा शनिबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

(कोभिड-१९)कोरोना भाइरसले विश्वभर महामारिको रुप लिएको अवस्थामा ब्लड बैंक,पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ( रक्त सञ्चार केन्द्रमा) रगतको अभाव देखिएपछि श्रृङखला क्लबको संयोजकत्व एवं एकता सामुदायिक क्लबको सह-संयोजकत्व तथा वडा न.-२० मा रहेका नवोदय युवा क्लब, लालीगुराँस युवा क्लब, सृजनशील युवा क्लब, डाँडागाउँ युवा क्लब, घारी क्लब, जनजागरण युवा क्लब, थानापति युवा क्लब, कुरा युवा क्लब, प्रयत्नशील युवा क्लब, शिवशक्ती युवा क्लब, जनउत्थान युवा क्लब र श्री सीता युवा क्लबको संयुक्त आयोजकत्वमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोग र वडा नं. २० को कार्यालयको विशेष सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका संयोजक श्रृङखला युवा क्लबका अध्यक्ष जीवन अधिकारीको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डोलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ लगायत वडाका जनप्रतिनिधि सदस्य, नेपाल रेडक्रस सोसाइटी उप-शाखा वडा नम्वर २०का सभापति, वडा नम्बर २० मा रहेका सम्पुर्ण क्लब, टोल बिकास संस्थाहरु, आमा समूहहरु, रक्तदाता, स्वमसेवक लगायतका उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि डोलराज पाण्डेले यस्तो बिपत्तिको समयमा पनि आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने कार्य गरेकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्न समेत सबैलाई आग्रह गरे।

त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि पोखरा महानगर–२० का अध्यक्ष सिम गुरुङले लकडाउनको सिमाक्षेत्र रही रक्तदान जस्तो पुण्य कार्य स्थानीय क्लबले आयोजना गरेकोमा प्रसन्नता व्यक्त गरेका छन् । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने बताउदै आगामी दिन वडामा आयोजना हुने यस्ता रचनात्मक कार्यहरुमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

श्रृङखला युवा क्लबका अध्यक्ष अधिकारीले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतंकित भइरहेकोे अवस्थामा रगत सङ्कलन समस्यालाइ ध्यानमा राखी गरिएको यो कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदाता , आर्थिक तथा भौतिक सहयोग गर्ने लगायत अन्य सहयोगी महानुभावहरूलाई धन्यवाद दिदै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै लकडाउनको समयलाई सदुपयोग गरेर सामाजिक दुरी कायम तथा सावधानी अपनाही सुरक्षित ढंगले रक्तदान र रक्त संकलन गरि रक्तदान कार्यक्रमलाई सफल बनाउने सहयोगिहरुलाइ प्रशंसापत्र बितरण गरिएको थियो।

कार्यक्रममा १ सय ८१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक श्रृङखला युवा क्लबका सचीव रेशम खत्रीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width