काठमाडौं, १८ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
आयोग कार्यालय पुगेर डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।‘अपहरण भएको भए मानव अधिकारको उल्लङ्घन हुन्छ, मानव अधिकार पुनर्स्थापना गर्न हामी बोल्छौँ’ उनले भने ।
महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए । त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
उनीसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगे । तर दुवै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१