नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७७
IMG_0374

नवलपरासी । नवलपरासीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।पश्चिम नवलपरासीमा एक जना र पूर्वी नवलपरासीमा एक जना गरी दुई जनालाई प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा भन्सार टोलमा प्रहरी चौकी भुजहवाको टोलीले सोमबार लागुऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।प्रहरीले पाल्ही नन्दन गाउँपालिका ३ कुस्मा निवासी ३४ वर्षका शेषकुमार उपाध्यायलाई ब्राउन सुगर लगायतका लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।प्रहरीले उनको साथबाट ओनेरेक्स सिरफ एक सय एमएलको ६० बोटल, अनरेक्स एक सय एमएलको १७ बोटल, स्पाम्स २ सय ८ क्याप्सुल, उइनसापास्मो २ सय ८१ क्याप्सुल, फेनरागत ६४ पिस, डाइजेपाम ६९ पिस, नुफ्रिन ६७ फिस, ब्राउन सुगर खैरो हिरोइन ७ ग्राम र नाइट्रोभेट २ सय ३८ ट्याब्लेन र युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

त्यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गाँजा सहित एक जना पक्राउ परेको छ ।२ किलोग्राम गाँजा सहित मध्यविन्दु १० अरणखोला दमार चोकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मध्यबिन्दु १५ का बर्ष २८ चेत बहादुर नेपाली रहेको ईलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी नायब निरीक्षक जनक बुढाले जानकारी दिए ।
हुप्सेकोट गाउँपालिकामा स्थानीयलाई धम्काएर भागेका उनलाई प्रहरीले पछ्याउने क्रममा उनलाई प्रहरीले गाँजा सहित पक्राउ गरेको हो ।नेपालीलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width