हवाई उडान आगामी जेठ २ गतेसम्म बन्दगर्ने निर्णय

एजेन्सी
वैशाख १३, २०७७
image2016-8-12 18_50_51

काठमाण्डौ, १३ वैशाख । उच्चस्तरीय समन्वय समितिले आगामी जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको शनिबार सिंहदरबारमा सम्पन्न बैठकले आन्तरिक र बाह्य दुवैतर्फका उडान रोक्ने निर्णय गरेको हो ।

हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो यसलाई १५ दिन वढाएर मे १५ सम्म लम्ब्याउने, उडानलाई स्थगित नै राख्ने निर्णय भएको छ।’ त्यस्तै समितिले लकडाउनको मोडालिटी तयार गर्ने जिम्मा मुख्य सचिवको नेतृत्वमा रहेको टाक्र्सफोर्सलाई दिएको छ।

सरकारले दोस्रोपटक थप गरेको लकडाउनको अवधि वैशाख १५ बाट सकिँदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले तत्काल लकडाउन खोल्ने अवस्था नरहेको निष्कर्ष निकालेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार ‘लकडाउनलाई कसरी व्यवस्थित बनाउने, कता खुकुलो र कता कडा बनाउने भन्ने विषयमा कार्यदले निर्णय गर्नेछ।’

Related News

सम्बन्धित समाचार

hero news full width