प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सवका लागि कविता आव्हान

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
Nepal Academy

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । असार ९ गते प्रज्ञा–प्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि सूचना जारी गरी प्रज्ञा–प्रतिष्ठानले कविता आव्हान गरेको हो ।

प्रज्ञा–प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार इच्छुक कविहरूले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता जेठ २५ गतेभित्र बुझाउन सक्नेछन् ।

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने बताए । उनले कविताका साथमा कविले आफ्नो फोटो, पूरा ठेगाना, फोन वा मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जानकारी गराए ।

काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलका अनुसार कविता महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ ।

कविहरूले आफ्नो कविता प्रीति फन्टमा टाइप गरी  [email protected] मा इमेल गर्न सक्नेछन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको इतिहासमा वि.सं. २०२२ सालबाट राष्ट्रिय कविता महोत्सव आरम्भ भएको हो ।

Related News

सम्बन्धित समाचार

  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…
  • पोखरामा ‘गण्डकीका धुनहरू’

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ । बिहीबार…
  • श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित समारोहमा…

hero news full width