नेपालमा थप एक जनामा कोरोना, संक्रमित संख्या ३१ पुग्याे

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७७
corona-5

नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएकाे छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो  । उहाँले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन्। उहाँका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि शुरु गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो । आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पूर्णरुपमा स्वथ्य भई घर फर्कनुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width