१. नवनियुक्त केही न्यायाधीशहरु सपथ ग्रहणलगत्तै एमालेका नेताहरुलाई भेट्न एमाले पार्टीको मुख्यालय बल्खुमा पुगेको समाचार सम्प्रेषण भएपछि त्यसले नयाँ विवाद जन्माएको छ। त्यसरी बल्खु पुगेका न्यायाधीशहरु एमालेका कोराबाट न्यायाधीश भएको बताइएको छ। उनीहरुले पार्टीका हाइकमाण्डलाई कृतज्ञता ज्ञापन गरेको समाचार उल्लेख छ।
२. न्यायीक एवं कानुनी क्षेत्रमा काम गरेका योग्य व्यक्तिहरु न्यायाधीश हुन सक्दछन्। राजनीतिमा भागवण्डाको खेल चलेको बेलामा त्यो खेल यताउता जताततै पुगेको हुन सक्दछ। न्यायाधीशहरु तोक्ने काममा पनि भागवण्डाले भूमिका खेलेको हुन सक्दछ। त्यस्तो काम भए तापनि अप्रत्यक्षरुपमा हुने गरिएको थियो।
३. तर यसपटक एकैचोटी धेरै न्यायाधीशहरु नियुक्त भएकाले हो कि को कहाँबाट आएका थिए भनी हिसाब गर्नेहरु धेरै भए। को कहाँबाट त्यो पदमा पुग्छन्, त्यो अर्कै कुरा हो तर त्यो ठाउँमा पुगेपछि कसैले पनि त्यो पदको मूल्य र मान्यता पालना गर्नुपर्दछ र त्यसको गरिमा बढाउने काम गर्नुपर्दछ।
४. न्यायाधीश भएपछि त्यसले निश्पक्षता अंगाल्नुपर्दछ। पक्ष र विपक्षको लोभ-प्रलोभनमा फस्नु हुँदैन। उनले आफू कहाँबाट र कसरी आएको भन्ने कुरासँग पनि सरोकार राख्नु हुँदैन। हिजोको पृष्ठभूमिलाई उनले बिर्सनुपर्दछ र न्यायको तराजुलाई ठीकसँग उचालेर निस्पक्ष निर्णय गर्नुपर्दछ। यो कुरा एकजना न्यायायीशबाट सबैले अपेक्षा गर्ने कुरा हो।
५. तर केहीसयम यता न्यायीक क्षेत्र विवादास्पद बनेको छ। खास गरेर प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष भएपछि शक्ति पृथकीकरण कुरा आएको छ। उनको छायाँ न्यायालयमा पर्ने आशंका उब्जेको छ। र उनको राजीनामा पनि मागिएको छ। यस्तो विवादै-विवाद भएको बेलामा नवनियुक्त केही न्यायाधीशहरुले अर्काे विवाद थपेका छन्।
६. न्यायाधीश नियुक्त भएपछि त्यसमा पनि सपथ ग्रहणपछि त्यसरी पार्टीको कार्यालय जानु उचित होइन। त्यो कुरा न्यायाधीश आफैले नि बुझ्नुपर्ने कुरा हो भने पार्टीअध्यक्षले पनि उनीहरुलाई सम्झाउनु पर्ने हो। आफूलाई प्रौढ र परिपक्व पार्टीभनेर कहिल्यै नथाक्ने पार्टीले गरेको त्यो व्यवहार कदापि उचित होइन।
७. अहिले देशको हरेक क्षेत्र बिग्रदै गएको अवस्था छ। न्यायीक क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। सबैको सहारा त्यही क्षेत्र भएको छ। त्यसरी सबैको भरोसा र विश्वासको केन्द्र भएको क्षेत्रलाई जोगाई राख्नु हामी सबैको कर्त्तव्य हो। त्यसमा पनि त्यही क्षेत्र लागेकाहरुले अरु महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ। मूल्य र मान्यता आचरण व्यवहार तथा आस्था भनेको ठूलो कुरा हो। त्यसको जर्गेना गर्नु, संरक्षण सर्म्बर्द्धन गर्नु नितान्त आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१