राजनीति »

पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार

rss रासस
माघ २८, २०७५
पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार
काठमाण्डौ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ । श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन्। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिए। अधिकारीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ’ उनले भने। अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु…

पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी

आदर्श समाज सम्वाददाता
माघ २६, २०७५
पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी
बुटवल २६ माघ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भनेजुयलाका सम्वन्धमा वोलेर नेकपाका अध्यक्ष प्रचण्डले हिम्मत देखाएको बताएका छन् । देश र सरकारको नेतृत्वको पार्टीबाट भनेजुयलाका सम्वन्धमा अलगअलग विज्ञप्ति आउनु दुखद भन्दै केसीले पूर्व माओवादीहरुमा अमेरिकाको सर्वसत्तावादका विषयमा अडान रहेको देखियो तर तत्कालिन एमालेको समुह अमेरिकासंग डराएको आरोप लगाए । प्रगतिशील पत्रकार संघ रुपन्देहीद्धारा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने —भनेजुयला स्वतन्त्र देश भएकाले अमेरिकाले हस्तक्षेप गर्न पाउदैन । नेपालको राष्टियता बलियो बनाउन दलहरु मिल्नुको बिकल्प छैन, तर आफ्नै सरकार ढाल्न भारत पुग्ने माओवादी नेतृत्व र एमालेको स्वार्थका कारण सत्तारुढ नेकपा विभाजन हुन सक्ने पनि टिप्पणी गरे…

राजदूत नियुक्तिमा नयाँ मापदण्ड

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
काठमाडौँ, २४ माघ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान नहुँदा राजदूत जस्तो गरिमामय पदको मर्यादालाई हल्कारुपमा लिएको हुँदा मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार नयाँ सरकार गठनसँग देशको प्रतिनिधित्व गरेर जाने राजदूत सम्बन्धित देशका बारेमा जानकारी र भाषामा निपुण हुँदा दुई देशको कूटनीतिक सम्बन्ध राम्रो बनाउनसमेत सहयोग पुग्ने हुनाले सो मापदण्ड बनाएको हो । “राजदूत पद र त्यसको गरिमालाई हल्कारुपमा लिन थालियो”, मन्त्री ज्ञवालीले भने, “नेपालको कूटनीतिक सम्बन्ध बलियो र प्रभावकारी…

८४८ उपसचिवको समायोजन

rss रासस
माघ २५, २०७५
काठमाडौँ, २४ माघ । सरकारले ८ सय ४८ उपसचिवको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार संघमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ । समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा…

नेविसंघका सात विद्यार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
नेविसंघ नेतालाई फौजदारी मुद्दा लगाउनु गम्भीर : काँग्रेस
पोखरा, २४ माघ । पोखराको मासवारमा एक हप्ता अघि सरकारी गाडी जलाएको आरोपमा हिरासतमा रहेका तीन विद्यार्थीको रिहाइको माग गर्दै विहीबार पोखरा महानगरपालिका घेराउ गर्न गएका सात विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्यार्थी संघका सात विद्याथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सात विद्यार्थीलाई कार्यालय समय सकिएपछि साँझ पाँच वजे छाडिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकरी दिए । विद्यार्थीले महानगरीय शिक्षा महाशाखाको काममा बाधा पु¥याएको आरोपमा ती विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, कमल पौडेल, लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी छन् ।…

गण्डकीका सांसद भन्छन्– सूर्तिले स्वास्थ्य बिगार्यो

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
गण्डकीका सांसद भन्छन्– सूर्तिले स्वास्थ्य बिगार्यो
पोखरा, २३ माघ । गण्डकी प्रदेश सरकारले सूर्तिजन्य पदार्थ बिक्री वितरण र प्रयोगमा कडाइ गर्दैछ । मानवस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले तयार गरेको सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक संसद्को विधायन समितिमा छलफलका लागि पठाइएको छ । माघ १४ गते सदनमा टेवुल भएको विधेयकमाथि बुधबार सामान्य छलफल गर्दै विधायन समितिमा पठाइएको हो । सदनमा सांसद मीना गुरुङले सूर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भएकोले यसको प्रयोगमै रोक लगाउनुपर्ने बताइन् । सूर्तिजन्य पदार्थको प्रयोगले समाजमा आपराधिक गतिविधि समेत बढ्ने भन्दै उनले उत्पादन र बिक्री वितरणमा कडाइ गर्नुपर्ने धारणा राखिन् । अर्की सांसद ललितकला गुरुङ पनि सूर्तिजन्य पदार्थ प्रयोगको विपक्षमा छिन् । विधेयकलाई समर्थन गर्दै गुरुङले गण्डकी प्रदेशलाई नै सूर्तिजन्य पदार्थ…

पार्टी विधानका वारेमा काँग्रेसको बैठक बस्दै

rss रासस
माघ २३, २०७५
पार्टी विधानका वारेमा काँग्रेसको बैठक बस्दै
पोखरा, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । काँग्रेसको गत मंसीर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न…

सांस्कृतिक पर्व र भेषभुषा मार्फत समृद्धि — प्रधानमन्त्री

एजेन्सी
माघ २२, २०७५
सांस्कृतिक पर्व र भेषभुषा मार्फत समृद्धि — प्रधानमन्त्री
पोखरा, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन् ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको छ । नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । उनले समृद्धिको यात्रामा…

केपी ओली नेतृत्व सरकारले संविधान विपरित काम गरेको छ —शर्मा

एजेन्सी
माघ २२, २०७५
केपी ओली नेतृत्व सरकारले संविधान विपरित काम गरेको छ —शर्मा
पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपीशर्मा ओली नेतृत्वको सरकारले नै संविधान बिरोधी काम गरिरहेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता शर्माले यस्तो आरोप लगाएका हुन् । कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको जानकारी दिएका छन्, उनले भने—देश उल्टो दिशामा गइरहेको छ,यो स्वीकार गर्न सकिँदैन,सरकारले संविधान पालना गरिरहेको छैन, मैले सरकारको विरोध गर्न खोजेको होइन तर सरकारले विधेयक ल्याउँदा संविधान अनुसार ल्याएन । राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको उनको भनाइृ छ…

काँग्रेसको देशभर प्रदर्शन

सरकारले संविधान संरक्षण गर्दैन : थापा

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
काँग्रेसको देशभर प्रदर्शन
पोखरा, २१ माघ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले संविधान संरक्षण नगर्ने बताएका छन्। राष्ट्रपति गणतन्त्रविरोधि, प्रधानमन्त्री संघीयताविरोधी अनि सभामुख संसदीय व्यवस्थाविरोधी भएको आरोप लगाउँदै उनले सरकारबाट संविधान संरक्षण हुन नसक्ने दाबी गरे। कास्की काँग्रेसले सोमबार पोखरामा आयोजना गरेको विरोधसभामा उनले काँग्रेसको नेतृत्वमा बनेको संविधान संरक्षण गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताए। केपी ओलीले जस्तो उद्दण्ड व्यवहार गरेको भएको त्यतिबेला संविधान पनि बन्ने थिएन भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको नेता पार्टी काँग्रेस नै भएको उल्लेख गरे। उनले सरकारले संसदलाई मन्त्रालय जस्तो र सांसदलाई पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेको भन्दै आलोचना गरे। वर्तमान सरकार न एमालेको जस्तो,…