मे महिनादेखि दर्शकबिनाको बन्द रंगशालामा जर्मन बुन्डेसलिगा फुटबलको बाँकी खेलहरु

एजेन्सी
वैशाख ४, २०७७
Germany Football Bundesliga

मे महिनादेखि जर्मन बुन्डेसलिगा फुटबलको बाँकी खेलहरु सुचारु हुने भएको छ ।

जर्मन सरकारले अगस्ट ३१ तारिखसम्म सामुहिक भेलामा प्रतिबन्ध गर्ने निर्णय गरेसँगै मे महिनामा लिग सुचारु गरिने बुन्डेसलिगाले जनाएको छ । लिगका खेलहरु दर्शक विना बन्द स्टेडियममा खेलाइनेछ ।

कोरोनाका कारण जर्मनमा अहिले सबैखाले फुटबल गतिविधि ठप्प छ । बुन्डेसलिगामा २५ खेल सकिँदा बायर्न म्युनिख ५५ अंक सहित शीर्ष स्थानमा छ । साविक विजेता बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डभन्दा ४ अंकले माथि छ । डर्टमन्डको ५१ अंक छ । तेस्रो स्थानमा रहेको आरबी लेइपजिगको ५० अंक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै