बुटवल । उपचार अभावमा एक जनाको मृत्यु भएको आरोप लागेको बुटवलको औधोगिक क्षेत्रस्थित धागो कारखानको आईसोलेसन बिशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) निर्माण भएको छ । चैत्र १० गते देखि आईसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा सघन उपचार कक्ष (आईसीयू) निर्माण गरिएको हो ।
उक्त सघन उपचार कक्ष(आईसीयू) स्थापनामा करीव २ करोड लगानी भएको जनाईएको छ । आठ थान आईसीयूका बेड सहित आवश्यक ४ थान भेन्टिलेटर,८ थान मनिटर लगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको जनाएको छ ।मुख्यमन्त्री पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंसागर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।
उक्त आईसीयू कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करीव ३५ लाख रुपैया सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने अस्पतालका लागि आबश्यक ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ । उक्त अस्पतालका लागि आबश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्विनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन ।यस क्षेत्रमा हालसम्म कोरोनाको संक्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चारपांच जना विरामी आउने गरेका छन् । पाल्पाका बावुराम थापाको आईसीयू अभावका कारण मृत्यु भएपछि आईसीयू स्थापना गर्न दवाव परेको थियो ।
कोरोनाको संक्रमणको बढदो त्रासका कारण सम्भावित खतरा तथा छिमेकी देशमा फैलिदै गएको प्रभावलाई हेरेर पुर्व तयारी स्वरुप सघन उपचार कक्ष (आईसीयू) निर्माण गरीएको अस्पतालका अध्यक्ष सुर्य बहादुर भटराईले बताए ।बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्रासमा रहेका बेला हुन सक्ने मानवीय क्षतिलाई कमगर्न सहयोग पुगोस भन्ने उद्देश्यले सघन उपचार कक्ष (आईसूयी) स्थापनामा उपकरणहरु सहयोग गरेको गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१