सौर्य उर्जा प्रविधिको क्षेत्रमा गरेको उत्कृष्ट अनुसन्धानको लागि नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का जापानमा पुरस्कृत भएका छन्। जापानमा रहेकाे प्रतिष्ठित अनुसन्धान संस्थान नेशनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उहाँलाइ पुरस्कृत गरेकाे हाे ।
जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको यस अनुसन्धान संस्थानले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वर्ष उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई याे पुरस्कार प्रदान गर्ने गर्दछ । डा. खड्काले ‘पन्ध्रौं प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस् इन साएन्स एण्ड टेक्नोलोजी फर याेङ्ग सायनटिस्ट’ को पुरस्कार प्राप्त गरेका हुन्।
उदयपुर जिल्ला चौदण्डगढी नगरपालिका स्थायी ठेगाना भएका डा. खड्काले त्रिभुवन विश्वविद्धालयकाे भौतिकशास्त्र विभागबाट स्नाकोत्तर गरी दक्षिण कोरियाको इन्चन नेशनल युनिभर्सिटीबाट सन् २०१६ मा बिद्यावारिधी गरेका थिए। उनी हाल जापानको साइन्स सिटीले चिनिने चुकुवा स्थित एक प्रतिष्ठित युनिभर्सिटीमा कार्यरत छन्। एक नविनतम तथा बहुउपयोगी पदार्थ ‘हेलाइड पेरोभस्काइट’ प्रयोग गरि सौर्य उर्जाबाट विद्धुत उर्जा निकाल्दा आउने चुनौतिको बारेमा डा. खड्काले अनुसन्धान गरेका हुन्।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१