विश्वकप विजेता इङ्ल्यान्डका बेन स्टोक्स विज्डेन शीर्ष क्रिकेटर घोषित

एजेन्सी
चैत्र २६, २०७६
Bent Stoks

बेन स्टोक्स २००५ यता विज्डेनको शीर्ष क्रिकेटर घोषित हुने पहिलो इङलिस खेलाडी बनेका छन् ।

गत वर्षको जुलाईमा सम्पन्न विश्वकपमा इङ्ल्यान्डलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका स्टोक्स फाइनलमा ‘म्यान अफ दी’ म्याच घोषित भएका थिए।

हेडिङलीमा सम्पन्न एसेज शृंखलाअन्तर्गतको तेस्रो टेस्टमा इङ्ल्यान्डलाई १ विकेटको सनसनीपूर्ण जित दिलाउने क्रममा पनि स्टोक्सले १ सय ३५ रनको अविजित इनिङ खेलेका थिए।

विज्डेनको शीर्ष क्रिकेटर घोषित हुने पछिल्लो इङ्लिस क्रिकेटर एन्ड्रयु फ्लिन्टफ हुन् । फ्लिन्टफले २००५ मा यस्तो उपाधी हात पारेका थिए।

पछिल्लो तीन वर्ष भारतका कप्तान विराट कोहली शर्षि क्रिकेटर घोषित भएका थिए । यसपाली स्टोक्स शीर्ष खेलाडी बन्दा तिब्र गतिका इङ्लिस बलर जोफ्रा आर्चर पनि शीर्ष पाँचको मनोनयनमा थिए ।

शीर्ष पाँचमा पर्न सफल अन्य खेलाडीमा अस्ट्रेलियाका पाट कमिन्स, मार्नुस लाबुस्चाङगे र इलिस पेरी छन् । यसैगरी, इसेक्सका अफस्पिनर सिमोन हार्मर पनि मनोनयनमा परेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै