टेबलटेनिस राष्ट्रिय खेलाडी पुरुषोत्तम बज्राचार्यले खेलजीवनबाट सन्यास लिए

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७६
Purshottam Bajracharya

पोखरा । टेबल टेनिसका राष्ट्रिय खेलाडी पुरुषोत्तम वज्राचार्यले २३ वर्षीय लामो खेल जीवनबाट सन्यास लिएका छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेबलटेनिसका पदक विजेता ३७ वर्षीय पुरुषोत्तमले खेल जीवनबाट सन्यास लिएका हुन् ।

नेपालले पहिलो पटक सागमा एकल प्रतिस्पर्धामा पदक जित्दा पुरुषोत्तमले काँस्य पदक दिलाएका थिए। उनी साग खेलकुद प्र्रतियोगितामा टेबलटेनिसको इतिहासमा पदक दिलाउने पहिलो खेलाडी समेत हुन् ।

त्यसको केही समयपछि अर्का खेलाडी स्यान्टु श्रेष्ठले समेत एकलतर्फ नै काँस्य जितेका थिए। काँस्य पदकमै भएपनि टेबलटेनिसको एकल विधामा पदक जित्ने आफ्नो सपना सफल भएको पुरुषोत्तमको भनाई छ ।

विश्व टेबलटेनिस दिवसको अवसर पारेर पुरुषोत्तमले सोमबार सन्यासको घोषणा गरेका हुन्। पुरुषोत्तमले सागमा ३ पटक र विश्व च्याम्पियनसीप तथा एसियन च्याम्पियनसिप र एसियाली खेलकुदम समान २/२ पटक सहभागिता जनाइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै