काठमाडौैँ, १७ चैत । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको जानकारी दिए । उनका अनुसार आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको थियो ।
शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार १०८ सिलिन्डर र आइतबार ३९ हजार ८६४ सिलिण्डर ग्यास वितरण गरिएको उनले जानकारी दिए । औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महिना (फागुन १८ देखि चैत १५) हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ । निगमले उपभोक्ताले अनावश्यक रुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ । निगमको निर्देशनानुसार अपराह्नपछि आधा सिलिण्डर मात्रा वितरण भएको ग्यास बिक्रेता महासंघले जनाएको छ । महासंघका कोषाध्यक्ष राजेश दाहालले सोमबारदेखि बजारमा ग्यासको सहज आपूर्ति भएको जानकारी दिए । ‘पहिलाभन्दा हाल केही सहज भएको छ, तर सबै ठाउँमा ग्यास पर्याप्त रुपमा पाइएको छैन’, उनले भने ‘नेपाल ग्यासको अभाव अझै देखिन्छ ।‘
उपभोक्ताको समस्यालाई ध्यानमा राखी नेपाल ग्यासले बालाजु औद्यौगिक क्षेत्रबाट नै एक हजार सिलिण्डर ग्यास वितरण गर्ने भने पनि उक्त संख्याको ग्यास धेरै माग भएका डिपोमा पठाउँदा उपभोक्तालाई सहज हुने उनले तर्क राखे । उपभोक्ता घरभित्रबाट बाहिर निस्कन सक्ने अवस्था उभएको र उद्योगवाट वितरण गर्दा प्रभावकारी नहुँदा गुनासो बढी आएको स्थानमा वितरण गर्न उनले आग्रह गरे । निगमले हजारौंँको संख्यामा ग्यास सिलिन्डर वितरण गरेको जिरि गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन् ।
Related News
सम्बन्धित समाचार
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१