पोखरा। ‘शैक्षिक योग्यता हिसाबले योग्य । दक्ष साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको तालिमप्राप्त शिक्षक । तर किन शिक्षामा गुणस्तर आउन सकेन ?’ गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको प्रश्न थियो, यो ।
अन्य प्रदेशको तुलनामा गण्डकीका शैक्षिक संस्थाबाट प्रदान गरिने शिक्षालाई गुणस्तरीयता दिन सकिन्छ कि भन्ने लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको बताउँदै उनले शिक्षकहरुको साथ र सहयोग चाहिएको बताइन् ।शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशद्वारा बुधबार पोखरामा आयोजितकार्यशालामा मन्त्री पुनले भनिन्–‘प्रदेश सरकार नमुना आवासीय विद्यालय संचालन गर्ने तयारीमा छ । गुणस्तरीय शिक्षाको सपना देखेरै मैले शिक्षक तालिमबाट शैक्षिक गुणस्तरको अभियान थालेकी छु । शिक्षकहरुले प्राप्त गरेको तालिम कक्षा कोठाभित्र लगिदिनुहोला ।’
‘केही सामुदायिक विद्यालयले निजीको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गरेका छन । गण्डकी प्रदेश सरकार सबै सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउन चाहन्छ,’ मन्त्री पुनले भनिन्, ‘इच्छाशक्ति भए सार्वजनिक विद्यालयका शिक्षकले शिक्षाको गुणस्तरमा तरक्की ल्याउन सक्छन्, अभिभावकलाई निजीमा हैन सार्वजनिक विद्यालयबो शिक्षा गुणस्तरीय छ आफ्ना छोराछोरी त्यही पढाउनु पर्छ भन्ने वातावरण सृजना गरौं ।’
मन्त्रालयका सचिव डिल्लीराज शर्मा शिक्षामा गुणस्तर ल्याउन सार्वजनिक विद्यालयका शिक्षकले केही समय मिहिनेत गर्नुपर्नेमा जोड दिए। साथै प्रभावकारी शिक्षण सिकाइ नै आजको आवश्यकता रहेको भनाइ उनको थियो ।विद्यार्थीमा अन्तनिहित क्षमता प्रष्फूटन गर्न विद्यार्थीको आत्मसम्मानको सुनिश्चित गरी सहभागिता र मार्गनिर्देशक सिद्धान्तलाई व्यवहारमा प्रयोग गरेर सिकाइलाई सुनिश्चित गर्ने विधि तथा प्रविधिको आवश्यकता पनि त्यति नै पर्ने उनले बताए ।
शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका तालिम प्रमुख नेपालहरि रानाभाटको अध्यक्षतामा भएको उक्त लालिममा गण्डकी क्षेत्रका विभिन्न विद्यालयका प्राधानाध्यापक, शिक्षा अधिकृत, शिक्षक संघ तथा संगठनका प्रतिनिधि, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका प्रतिनिधि, शिक्षा तालिम केन्द्रका प्रतिनिधि, अनौपचारिक शिक्षा, विद्यार्थी लगायत तालिममा सहभागी थिए । तालिमको सहजीकरण डा. रामचन्द्र लामिछानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव
पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन
बड्स एकेडेमीमा सदन विभाजन
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१