पोखरा । पोखरामा क्रियाशील गीतकारको भेलाले हरिहर खनियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान गठन गठन गरेको छ ।समितिको उपाध्यक्षमा शीतल गिरी, महासचिव अनुराग अधिकारी, कोषाध्यक्ष बिर्सना बस्नेत र सचिव रुपिन्द्र प्रभावी छन् । सदस्य रेशम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन भएका छन् ।
यसैबीच, प्रतिष्ठानको बैठकबाट सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, डा. कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकार चयन गरिएको छ । प्रारम्भिक चरण भेलामा उपस्थित गीतकारमध्येबाट समिति गठन भएको र आगामी दिनमा पोखरा र पोखराबाहिर क्रियाशील विभिन्न गीतकारलाई संस्थामा समेट्दै अघि बढ्ने योजना रहेको महासचिव अनुराग अधिकारीले जानकारी दिए ।
विभिन्न विधागत संस्थाहरु स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्थाको आवश्यकता बोध भएर यो अभियानमा लागेको अध्यक्ष हरिहर खनियाँले बताए । उनका अनुसार प्रतिष्ठानले गीतकारको हकहित र उनीहरको पहिचानको खोजी गर्ने लगायत उद्देश्य रहेको बताए ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१