म्याग्दी।मालिका गाउँपालिका –४ च्युरिबोटमा विद्युत् सेवा बन्द भएको छ । च्यूरिबोटस्थित दाजुङखोला लघुजलविद्युत् परियोजना मर्मत गर्नुपर्ने भएकाले फागुन २० देखि विद्युत् उत्पादन बन्द भएको दाजुङ खोला लघुजलविद्युत् सहकारी संस्था लिमिटेड व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर घर्तीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १६ लाख रुपैयाँ सहयोगमा जलस्रोत सिँचाइ विकास तथा डिभिजन कार्यालय म्याग्दीमार्फत विद्युत्गृहको टर्वाइन मर्मत, गेटबल बाहरिबाट नयाँ खरिद गर्नुपर्ने भएको, गत वर्षात् समयमा बाढीले बगाएको नहर निर्माण र मर्मत तथा ट्याङ्की मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा बन्द गर्नुपरेको बताए ।
मर्मत कार्य सम्पन्न भएपछि आगामी चैत पहिलो सातादेखि विद्युत् उत्पादन सुचारु हुने जानकारी दिए । २०५७ सालदेखि उत्पादन शुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत् परियोजनाबाट वडा ३ को खतेतसहित ओखरबोट, च्युरिबोट, महभीर र छापगरी करिब ४ सय घरधुरीले सेवा लिँदै आएका छन् ।सो लघुजलविद्युत् परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिँचाइ गर्दै आएका छन् भने एक पानीमिल संचालन हुँदै आएको छ । विद्युत् आपूर्ति बन्द हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् भने टीभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सञ्चारसामग्री समेत अवद्ध भएका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१