मिस नेवाको ट्यालेन्ट राउन्ड

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७६
news1

पोखरा। नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११४० को ट्यालेन्ट राउन्ड सकिएको छ । शनिबार भएको कार्यक्रममा २२ प्रतियोगी आफ्ना प्रस्तुति राखे ।मिस नेवामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् । उनीहरुले शनिबार अन्तर्निहित प्रतिभा तथा नेवारी समुदायमा मानिने संस्कृति प्रस्तुति राखे । ट्यालेन्ट राउन्डका निर्णायकमा शम्भुलाल श्रेष्ठ, आन्नद बज्राचार्य र रीना गोसेली थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मुल संयोजक विमल श्रेष्ठ, मिस नेवा ११३८ प्रिती बुद्राचार्य, नेवा मिसा पुच कास्की अध्यक्ष मेनुका श्रेष्ठ, ल्याम्ह पुच अध्यक्ष मधुसुधन जोशी लगायतले बोलेका थिए ।मिस नेवाले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउने छिन् . यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रा हुनेले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् . प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ . उत्कृष्ट नेवारी भाषा ७ हजार र भ्युअर्स च्वाइस, मस्ट टयालेन्ट अवार्ड, बेस्ट पर्सनालिटी, बेस्ट फ्रेन्डली, बेस्ट स्माइल र फोटोजेनिकले जनही ५ हजार र प्रमाणपत्र पाउने छन् ।

नेपालमा नेवार समुदायको देशको समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा उल्लेख्य योगदान छ । नेपाल संवत् ११३१ देखि वर्षेनी हुँदै आएको यो प्रतियोगिताको नबौ संस्करण हो । नवौं संस्करणको फाइनल चैत ८ गते पोखरा सभागृहमा हुनेछ । भने उक्त कार्यक्रम तालिम सयोंजक सेलिका श्रेष्ठ र तालिम सह सयोंजक प्रार्थना डगोंलले सञ्चालन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • २८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । कमेडी नेपाली फिल्म ‘खजुरे ब्रो’ यही २८ वैशाखदेखि प्रदर्शनमा आउँदैछ । सुरज सुनुवार निर्देशित यो फिल्मको प्रचारका लागि…
  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…

hero news full width

Recent Posts

भर्खरै