पोखरा । हिमालय मावि, पोखरा–२०, मौजाको ४८ आंै वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मौजामा सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै कास्की २ की सांसद विद्या भट्टराईले अबको शिक्षा प्रविधिउन्मुख हुनुपर्नेमा जोड दिएकी छन् ।
शिक्षा बहुआयामिक हुनुपर्ने आजको खाँचो रहेको बताउँदै उनले सीपमूलक र ब्यवसायमूलक पढाइलाई अगाडि बढाउन सरकार सक्रिय रुपमा लागिपरेको जानकारी दिइन् । तपाईहरु योजना बनाउनुहोस् म तद्अनुरुप यो विद्यालयलाई हरदम साथ दिनेछु भन्दै उनले यसका लागि व्यवस्थापन समिति शिक्षक, अभिभावक र विद्यार्थीलाई एक भएर लाग्न आग्रह गरिन् ।
वडाध्यक्ष सीमबहादुर गुरुङले विद्यालयमा शिक्षाको गुणस्तरलाई माथि उकास्न स्थानीयतहले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्दै आएको बताए । विद्यालयलाई नमुना विद्यालय बनाउने प्रतिवद्धता ब्यक्त गरे । उनले विद्यालयमा अध्यापनको समस्यालाई समाधान गर्न स्थानीयकै ठूलो भूमिका रहने भन्दै सबै एकजुट भएर लागेमा सबै समस्या हल गर्न सकिनेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सु. हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणिराज परियारले विद्यालयको वार्षिक आय–ब्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा विद्यालयका पूर्व शिक्षक रोशनकुमार श्रेष्ठ, वडा २० का वडा सदस्य भीमप्रसाद बास्तोला, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नन्दबहादुर गुरुङ, नेपाली काँग्रेस वडा २० का सभापति तीलबहादुर गुरुङ, अभिभावक भीमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । शिक्षक डोलराज रेग्मी विद्यार्थीद्वय मणिराज गुरुङ र लीलकुमारी बिकले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक द्वय देबीकुमारी थापा र दीपक गुरुङले गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट शिक्षक सम्मानबाट यस वर्ष शिक्षकद्वय डोलराज रेग्मी र सुश्मा गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै, विद्यालयमा लामो समय अस्थाई सेवा गरेका तथा २०७५ सालमा आन्तरिक परीक्षाबाट स्थायी हुन सफल शिक्षक/शिक्षिका लक्ष्मण पौडेल, दीपक गुरुङ, राधा आचार्य (सिग्देल), हीमकुमारी गुरुङ र सीताकुमारी गुरुङलाई सम्मान गरियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१