लेखनाथ । पोखरा २९, पट्नेरी पुलचोकको पशुपति आश्रममा संचालित श्रीमद्भागवत् धनधान्याचल महायज्ञ आध्यात्मिक चिन्तन र दानको संगमस्थल बनेको छ ।महायज्ञको सातांै दिन शुक्रबार शिवरात्रि पर्व परेकाले मौसममा देखिएको प्रतिकुलता समेत वास्ता नगरी बाक्लो संख्यामा भक्तजनको उपस्थिति रह्यो ।
महायज्ञमा ज्ञान लिन पाइने र ईच्छाअनुसार दान समेत गर्न पाइने भएपछि अन्य दिनको तुलनामा शुक्रवार दान रकममा वृद्धि भएको आयोजक समिति मूल संयोजक गंगा मल्लले जानकारी दिइन् ।शुक्रबार करिब २४ लाख बराबर आर्थिक संकलन भएको छ । महायज्ञमा हालसम्म कुल करिव ८५ लाख रुपैयाँ दान संकलन भएको मल्लले जनाइन् ।
महायज्ञ समापनतिर पुगेकोमा शुक्रवार पोखरा २९ की दीपा बास्तोला परिवारबाट १ लाख ११ हजार एक सय ११, वडा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यबाट ब्यक्तिगत १ लाख ११ हजार १ सय ११, बलबहादुर विकबाट ५५ हजार ५ सय ५५, टेकबहादुर विश्वकर्माबाट ५५ हजार ५ सय ५५, गमबहादुर धितालबाट ५५ हजार ५ सय ५५, यमकुमारी मगरबाट ५५ हजार ५ सय ५५, पोखरा २९ का बालकृष्ण आचार्यबाट ५५ हजार ५ सय ५५ र चतुर्भुज शर्मा पौडेलबाट ५० हजार १ सय १ प्राप्त भएको प्रचारप्रसार उपसमिति संयोजक मोती गिरीले जानकारी दिए ।
महाशिवरात्रि अवसरमा महायज्ञस्थलमै शिवरात्रि विशेष पूजाआजा सहित ६ जनाको सामूहिक ब्रतबन्ध तथा ठाडो बत्ती बाल्ने कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका महासचिव शंकरप्रसाद पौडेलले बताए ।
आश्रम परिसरमा कलात्मक मन्दिर, सभाहल र गौशाला सहितको अत्यावश्यकीय भौतिक संरचना निर्माणको सहयोगार्थ महायज्ञ संचालन गरिएको हो । महायज्ञ शनिबार समापन हुँदैछ ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
राधाकृष्णको महायज्ञबाट ४० लाख
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा महायज्ञ जारी
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१