लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका– ६, ङादी खोलामा निर्माणाधीन न्यादी जलविद्युत आयोजनाको निर्माण काम ठप्प भए पछि निर्माण अवधि लम्बिने भएको छ । न्यादी जलविद्युत आयोजनाको निर्माण ठप्प भएसँगै निर्माण अवधि कम्तिमा तीन महिना पछि धकेलिने भएको हो ।
०७३ चैतबाट निर्माण शुरु भएको ङादीखोलामा निर्माण भइरहेको आयोजना आउँदो वैशाखको पहिलो सातामा परीक्षण उत्पादन थाल्ने गरी निर्माण अघि बढाइएको थियो । उक्त विद्युत आयोजना निर्माण सम्पन्न गर्ने भनि तोलिकएको अवधि नै त्यही हो, निर्धारित समयमै सम्पन्न गर्ने गरी काम भइरहेको अवस्थामा पछिल्लो डेढ महिनादेखि निर्माणको काम रोकिएसँगै निर्माण अवधी लम्बिने भएको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । उनका अनुसार सो अयोजनाको जी ज्यान नामक चिनियाँ कम्पनीद्वारा निर्माणको जिल्ला लिएको छ । नयाँ वर्ष मनाउन चीन गएका आयोजनामा कार्यरत चिनियाँ प्राविधिक तथा श्रमिकसहित ६१ जनाको टोली नेपाल नफर्केपछि आयोजनाको निर्माण काम रोकिएको हो ।
निर्माणधिन उक्त आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको र आगामी चैत्र महिनामा विद्युत उत्पादन गरीसक्ने र बैशाखको पहिलो सातामा परीक्षण उत्पादन थाल्ने लक्ष्य रहेको गुरुङले बताए । उनले भने, ‘अव निर्माणको काम कहिले सुचारु हुन्छ भन्न सकिने अवस्था छैन । कम्तिमा पनि निर्माण कार्य तीन महिना प्रभावित हुनेस्थिति उत्पन्न भएको छ ।’ फेवु्रअरी महिनाको ५ तारिख अर्थात गत माघ २२ गते काममा फर्कने बताउँदै चीन गएका उनीहरूमा कोरोना भाइरस संक्रमणको डरले उनीहरु नेपाल आउन नसकेको आयोजना जनसम्पर्क अधिकृत गुरुङले बताए । उनका अनुसार उक्त आयोजनाको निर्माण चिनियाँ कम्पनी जी ज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले गरेको छ । चिनियाँहरूले एक महिनासम्म नयाँ वर्षलाई उत्सवको रूपमा मनाउने गर्दछन् । गुरुङले भने, ‘आयोजना प्रमुखदेखि प्राविधिक र श्रमिकहरू सबै नेपाल फर्कन सकेका छैनन् । झण्डै डेढ महिना भयो निर्माणको काम हुन सकेको छैन ।’
करिव ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको न्यादी जलविद्युत आयोजनाको क्षमता ३० मेगावाट रहेको छ । सो अयोजना एभरेष्ट बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरिरहेका छन् ।नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने लक्ष्य छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१