१. प्रधानमन्त्री केपी ओलीले सत्ता सम्हालेको दुई वर्ष वितेको छ । दुई वर्षमा सरकारले गरेका काम कुराको मूल्याङ्कन गर्न गरिन थालिएको छ । मूल्याङ्कन गर्नमा सरकारी पक्ष बढी आतुर भएको देखिएको छ । प्रधानमन्त्री ओलीले हिजो संसदको वैठकमा आफ्नो प्रगतिको फेहरिस्त सुनाएभने सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी प्रगति विवरण वितरण गरे ।
२. सरकारले प्रगतिको पहाड नै खडा गरेको वर्णन गरेको छ । निर्वाचन पछि स्थिर सरकार गठन भएकोले स्थिर सरकारको प्रभाव निश्चय नै विकास निर्माणमा परेको देखिन्छ । हिजोको जस्तो नौ महिने सरकार यो होईन । कर्मचारीहरुले पनि यो बुझेका छन् । ती सबैको परिणाम विकास निर्माणमा परेको प्रभाव सकारात्मक मान्नु पर्दछ ।
३. तर जहाँसम्म सरकारले गरेको खास कामको विवरण सम्बन्धमा जुन समीक्षाको कुरा छ , त्यसमा अरु त के स्वयं नेपाल कम्युनिष्ट पार्टीका नेताहरु नै सन्तुष्ट छैनन् । सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल आफै पनि सरकारले आफ्नो काममा गति ल्याउनु पर्नेमा जोड दिँदैछन् ।
४. सरकारले के कति राम्रो काम गरिरहेको छ भनी हेर्ने मापदण्ड भनेको सरकारको लोकप्रियता हो । तर सरकारको लोकप्रियता ह्वात्तै झरेको छ । प्रधानमन्त्री ओलीको हिजो जुन ओज र प्रभाव थियो त्यो घटेको छ । पार्टीका कतिपय कुरामा समेत उनी रक्षात्मक अवस्थामा छन् । यो कुरा ओली पक्षीय नेताहरुले समेत महसुस गरेका छन् ।
५. सरकारको कामको मूल्याङ्कन गर्ने अर्काे पक्ष हो विनियोजित बजेट खर्च । यो सरकारले पूजीगत खर्च मध्ये ५० प्रतिशत पनि खर्च गर्न नसकेको सरकारी तथ्याङ्कले देखाईरहेको छ । खर्च नै गर्न नसकेपछि प्रगति कसरी हुन्छ ? विनियोजित रकम खर्च गर्न नसक्नु लज्जाजनक कुरा हो ।
६. सरकारले के कति राम्रो काम ग¥यो भनेर हेर्ने अर्काे मापदण्ड नेकपाको चुनावको बेला प्रकाशित एवं वितरित घोषणा पत्र हो । घोषणापत्र र सरकारको काम कुराको मूल्याङ्कन गर्दा निराशाजनक स्थिति हात पर्दछ ।
७. यसैवीच अर्थमन्त्री युवराज खतिवडाले बजेटले निर्धारण गरेको लक्ष्य हासिल गर्न नसकेको अवस्था आएको कारण देखाएर बजेटको आकारलाई सानो पारेका छन् । उनले बजेटको आकार सानो पारेता पनि वार्षिक प्रगतिको लक्ष्य भने घटाएका छैनन् । यो उनको विशेषता हो । त्यो कुरा समयले देखाउनेछ । ६ महिना पछि त्यो हामीले के कति प्राप्त गर्न सक्ने छौं त्यो कुरा सरकारले नै प्रकाशित गर्नेछ । अहिले आत्तिनु आवश्यक छैन । संक्षेपमा भन्नु पर्दा सरकारको काम सन्तोषजनक छैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१