लेखनाथ विभूतिमा अंग्रेजी समाचार वाचन र विदाइ

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६
lakhanath biviti school

पोखरा । लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलमा अतिरिक्त क्रियाकलाप अन्र्तगत शुक्रबार अंग्रेजी भाषामा समाचार वाचन सम्पन्न भएको छ । बालबालिकाको पढाइ सीप बिकास समाचार वाचन निकै उपयोगी हुने संस्थापक प्रिन्सिपल रेखा थापाको भनाई थियो । विद्यालयका एकदेखी कक्षा ८ सम्मका ६० जना विद्यार्थीले दुई चरणमा समाचार पढे ।

कक्षा ६ , ७ र ८ का तीस जना विद्यार्थीले समाचार पढ्दा कक्षा ७ की ड्यासल गुरुङ पहिलो भइन् । संगम ढकाल (७), कृपा परियार(६) र स्नेहा गुरुङ (६) क्रमशः दोस्रो,तेस्रो र सान्त्वना भएको विद्यालयका शैक्षिक संयोजक कवीर खड्कीले जानकारी दिए। यता १ देखी ५ कक्षा सम्मका ३० जनाबिच भएको प्रतिस्पर्दामा कक्षा ३ की श्रृया केसी पहिलो भइन् । कक्षा ५ का अप्सन भट्राई दोस्रो र निखिल खड्का र रक्षा पुरी तेस्रो भएको शिक्षक रामकुमारी दुराले जानकारी दिइन् ।

यसैबीच लेखनाथ विभूति सेकेण्डरी बोर्डिङ स्कुलबाट पाँचौ व्याचको रुपमा माध्यामिक शिक्षा परीक्षा (एसइई २०७६ मा सामेल हुने कक्षा १० लाई कक्षा नौ का विद्यार्थीले विदाइ गरेका छन् । विदाइ कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रेखा थापा कार्कीले उज्जवल भविष्यको कामना गदै टिका र खादा लगाएर शुभकामना व्यक्त गरिन् । कार्यक्रममा विद्यालयका संस्थापक सुशीला कार्की अधिकारीले भावुक हुँदै साना बचेराहरु उड्न सफल भएको खुसी लागेको बताइन् । जँहा गए पनि गुरुहरुले देखाएको बाटो कहिल्यै नभूल्नु अधिकारीले भनिन् । तिमीहरुको भविष्य अझै उज्जवल बनोस् । त्यसैगरी कार्यक्रममा विद्यालयका प्रशाशक गोपाल अर्याल र शैक्षिक संयोजक कवीर खड्कीले शुभकामना मन्त्वय व्यक्त गरेका थिए । कक्षा नौ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप संयाजक शिक्षक नवीन पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…
  • पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन भएको छ । कार्यसमिति अध्यक्षमा कक्षा १० का अविरल आचार्य,…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा ।  पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय,…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…

hero news full width