रुपन्देही, १४ माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।
भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपािलका–४ बस्ने ३५ वर्षीय लालु कुर्मी, सोही ठाउँकै ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालले जानकारी दिए । दुर्घटनामा नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ बस्ने ४७ वर्षीय दुबे हरिजन र सिन्धुली सातामाटा बस्ने २७ वर्षीय मोहन राई गम्भीर घाइते भएका छन् । घाइते दुवैको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१