चितवन । विभागीय सशस्त्र प्रहरी बल, एपीएफका धावक गोपिचन्द्र पार्कीले चितवनमा भएको रत्ननगर रोटरी म्याराथन जितेका छन् ।
हालैमात्र घरेलु भुमीमा सम्पन्न १३ औ साग खेलका स्वर्णपदक विजेता गोपिचन्द्रले ३ सय ५१ जनालाई पछि पार्दै म्याराथन जितेका हुन् ।
निर्धारित साढे १४ किलोमिटरको दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरी गोपिचन्द्रले म्याराथन जितेका हुन् । म्याराथन विजेता गोपिचन्द्रले ५० हजार नगद सहित चाँदीको मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
रोटरीका डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ, रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल र मिस नेपाल अर्थ रिया बस्नेतले गोपिचन्द्र लगायतलाई सयुक्त रुपमा पुरस्कार वितरण गरे ।
म्याराथनमा लिगिलिगे दौडमा विजेता बनेर ‘लिगलिगे राजा’ बनेका अनिश थापामगर दोस्रो भए । अनिश पार्की भन्दा ६ सेकेण्डले परे । अनिशले ४२ मिनेट ४१ सेकेण्डले पछि परे । अनिशले २५ हजार नगदसहित चाँदीको तक्मा र प्रमाणपत्र पुरस्कार पाए ।
म्याराथनमा त्रिभुवन आर्मीका दीपक अधिकारी तेस्रो बने । दीपकले निर्धारित दूरी ४४ मिनेट ११ सेकेण्डमा दौड पूरा गरे । दीपकले पनि १५ हजार, चाँदीको तक्मा र प्रमाणपत्र पुरस्कार हात पारे ।
रोटरी क्लब अफ रत्ननगरको आयोजनामा भएको म्याराथनमा पुरुषतर्फ १४९, महिलातर्फ १२१, चेपाङ जातिका ७९ र विदेशी ३ जना गरी ३५२ जनाको सहभागिता थियो । रोटरी क्लब अफ रत्ननगरले भण्डारादेखि रत्ननगरको निपनीसम्म दौड आयोजना गरेको हो ।
सरकारले सुरु गरेको भ्रमण बर्ष २०२० को पर्यटन प्रबद्र्धनको लागि गरिएको मिनी म्याराथन गरिएको हो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१