पोखरा । युकेमा रहेर सामुदायिक हितका लागि जुटेका तमु धिं युके र सहारा युकेका अभियन्तालाई तमु धिं नेपालले शनिवार स्वागत सम्मान गरेको छ।
कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु धिं युके र एन आर एन युकेका पूर्व अध्यक्ष मुच्छेत्र गुरुङ, सल्लाहकार चन्द्रमान गुरुङ, कार्यसमिति सदस्य भोजबहादुर गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष मीनबहादुर गुरुङ, कोषाध्यक्ष सारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, तमु धिं युके तथा सहारा युकेका सदस्य चन्द्र गुरुङ, एनआएएन का रविन्द्र गुरुङलाई तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङ खादा लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले तमु धिं नेपालको स्थापनाको इतिहास, तमुहरुको लागि गरेको सेवा र संस्थागत महत्वको अनुभूतिले नै युकेमा पनि तमु धिं स्थापनाको प्रेरणा मिलेको बताए। उनले तमु धिं युके स्थापना पश्चात युके र नेपालमा सामुदायिक लगायत विभिन्न विकास र संस्थागत साथ सहयोग गरिएको बताए।
पोखरा रंगशालाको पर्खाल, तमु साँस्कृतिक प्रतिष्ठानको तमु विद्यार्थीलाई छात्रवृत्ति, सहारा पोखरालाई सहयोग, महाभुकम्पमा तमु धिं युकेको भुमिका, धर्मकाया बुद्ध मण्डला, बाढी पहिरो, विभिन्न इभेण्टहरुमा सहकार्य र संघ संस्थाहरुसँग हार्दिकता सबै सामु स्पष्ट भएको उनले बताए। यसरी नै २ वर्ष अघि देखि तमु समुदायका लागि त्रिभाषिक सांस्कृतिक पुस्तक लेखन तमु कल्चरल फोरमले गरिरहेको जानकारी दिँदै विगतमा क्होला सोंथर भ्रमणमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे।
अध्यक्षको आसनबाट तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं युकेको सामाजिक सेवा र क्रियाशीलताले आफुहरु प्रेरित भएको बताए। तमु अभियन्ताहरु जहाँ रहेपनि एउटै लक्ष्य र उद्देश्यसहित सेवामा जुटेकाले तमु धिं युके र तमु धिं नेपालको समन्ध प्रगाढ रहेको बताए।
उनले भने, सामाजिक रुपमा स्थापित भएका तमु संघ संस्थाहरुको छाता संस्थाको रुपमा एकतावद्धता जरुरी छ, धार्मिक संस्थाहरुले धार्मिक, सांस्कृतिक संस्थाहरुले सांस्कृतिक, शैक्षिक संस्थाहरुले छाता संस्थाहरुमा आवद्ध भई क्रियाकलाप गर्नुपर्ने बताए। उनले तमु एकताबाट मात्रै तमु जातीय सामुदायिक अधिकार प्राप्ति गर्न सम्भव हुनेछ भन्दै एकता पश्चात पोखरामा तमुहरुको विश्व सम्मेलन आयोजना गरिने बताए।कार्यक्रममा संस्थाका सचिव अधिवक्ता जूनाकुमारी गुरुङले स्वागत र महासचिव गिरीप्रसाद गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१