पोखरा । नवलपुर, लमजुङ र तनहुँले पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री लिग फुटबलमा जित निकालेका छन् ।
पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा रहेको नवलपुरको गैडाकोट खेलकुद विकास समितिले होराइजन युथ क्लब स्याङ्जालाई ३–१ ले हराउँदै ३ अंक बटुल्न सफ लबनेको छ ।
नवलपुरका जितमा सुरेन्द्र गुरुङले २ र कैशालप्रताप गुरुङले १ गोलको योगदान गरे । सुरेन्द्रले खेलको १३ र १५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यस्तै, नवलपुरका लागि कौशलप्रतापले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
यता, होराइजन क्लब स्याङ्जाका लागि भने सफल थापाले पेनाल्टीमार्फत शान्त्वना १ गोल गरे । सफलले खेलको इन्जूरी समयमा पेनाल्टीमार्फत गोल गरेका हुन् । उक्त खेलमा नवलपुरका सौगातप्रताप गुरुङ र अमृत गुरुङले पहेंलो कार्ड पाए । यता, होराइजन क्लब स्याङ्जाका कृष्ण कुँवरलाई रेफ्रीले पहेंलो कार्ड देखाए ।
त्यस्तै, प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा समूह ‘ए’ को त्रिवेणी युवा क्लब लमजुङले डाँफे युवा क्लब मनाङमाथि २–१ को जित निकाल्यो । जितसँगै पहिलो खेल खेलेको लमजुङले पनि स्पष्ट ३ अंक आफ्नो टोलीको नाममा लेखायो । लमजुङका लागि आशिक गुरुङ र उज्वल शाहीले समान १÷१ गोल गरे । मनाङका लागि एक मात्र गोल कर्ण गुरुङले गरेका थिए ।
प्रतिस्पर्धात्मक उक्त खेलको पाँचौ मिनेटमा आशिकको गोलबाट लमजुङले अग्रता लिएको थियो । त्यसपछि, खेलको ३३ औंं मिनेटमा उज्वलको गोलबाट लमजुङले अग्रतालाई दोब्बर बनायो । ४१ औं मिनेटमा कर्णको गोलबाट मनाङले लमजुङको अग्रतालाई छोट्याएको थियो । अन्ततः उक्त खेल २–१ ले लमजुङको पक्षमा गएको थियो ।
तेस्रो खेलमा समूह ‘ए’ युथ क्लब अफ भिमाद तनहुँले बागलुङ जिल्ला फुटबल संघमाथि १–० को कठिन जित निकाल्दै ३ अंकको खाता खोल्यो । तनहुँका लागि एक मात्र गोल दिपक थापाले पेनाल्टीमार्फत गरेका थिए । उनले खेलको ५० औं मिनेटमा पेनाल्टी गोल गरेका हुन् ।
यसअघि, प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को आदर्श युवा क्लब कास्कीले उद्घाटन खेल जित्दै स्पष्ट ३ अंक बटुलेको छ । कास्कीले बौद्ध हिमाल क्लब गोरखालाई ३–१ गोलले जित्दै ३ अंक बटुल्न सफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१