पोखरा ।पोखराको अमरसिंहचौरमा जारी १० औं संस्करणको पोखरा महोत्सव नवौं दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।
बुधवार महोत्सवमा पछिल्लो समय निकै चर्चामा रहेको लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिले दर्शक तानेको थियो । ज्योतिसँगै जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, ईश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाई लगायतको प्रस्तुतिमा दर्शकले प्रशस्त मनोरञ्जन लिए ।
तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिक झल्कने बिहानी नृत्यसँगै महोत्सवमा गुरुङ जातिको मृत्यु संस्कारमा आयोजना गरिने चुरेभुमे तप्राङ तमु समाजको छ्याडु नाचको प्रस्तुतिले दर्शकको मन जित्न सफल रह्यो । बुधबार साँझ लाइभ कन्सर्टमा भारत कोलकत्ताका गायक अर्को मुखर्जीले पोखराका झलकमान गन्धर्र्वको गीतलाई आफ्नै तरिकाले प्रस्तुति गर्नुका साथै नेवारी गीतको माध्यमबाट युवापुस्तालाई मनोरञ्जन प्रदान गरे । मुखर्जीसँगै स्थानीय ड्रिमर्जको समेत सो समयमा प्रस्तुति थियो ।
यस्तै, महोत्सवमा जारी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा कास्की मोर्डनाइज्ड र बहादुरे मावि फाइनल चरणमा प्रवेश गरेको छ । कालिका मावि प्रतियोगितामा पराजित भयो भने बालकल्याणको अनुपस्थितिमा बहादुरे मावि फाइनलमा प्रवेश ग¥यो ।बिहीबार लोकदोहोरीतर्फ राजु परियार, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मञ्जु बिक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पूजा गुरुङ, प्रकाश बराल, विनोद रामदाम लगायतको प्रस्तुति रहने आयोजकले जनायो । कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पनि देखिनेछन् । कन्सर्टतर्फ सविन राई एण्ड फेरोह र स्थानीय आत्मसर्गको प्रस्तुति रहने छ ।
महोत्सवमा रक्तसमूह छुट्याउने, सुगर र किड्नी परीक्षणमा निःशुल्क र रगतको अन्य जाँचमा ५० प्रतिशत छुट व्यवस्था मिलाइएको छ । यस्तै, शिक्षामूलक ‘कखरा’ बृत्तचित्र समेत निःशुल्क प्रदर्शनी गरिएको आयोजक युनाइटेड क्लबले जनायो । महोत्सव माघ १० सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१