पोखरा, २७ पुस । कास्कीको पोखरा २७ अर्घो अर्चलेमा रहेको कविशिरोमणि आधारभूत विद्यालयका विद्यार्थीले निःशुल्क रुपमा शैक्षिक सामाग्री पाएका छन् । अधिकाशं गरीब तथा विपन्न वर्गका बालबालिका अध्ययनरत उक्त विद्यालयमा पुगेर हिमालयन वुद्ध फाउण्डेसन नेपालले आइतवार निःशुल्क रुपमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
शिक्षा विकासका लागि पुस्तकालयको महत्वलाई वुझेर हिमालय वुद्ध फाउण्डेसनले कास्कीमा विसं २०६९ सालदेखी वुद्ध वालघुम्ती पुस्तकालय संचालन गरी सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री मार्फत सहयोग पु¥याउदै आएको छ । कापी, कलमको अभावमा निरन्तर विद्यालय आउन नसकेका वालवालिकाकालागी फाउण्डेसनले चालु शैक्षिक सत्रमा मात्र कास्कीका ४० सरकारी विद्यालयका करिव ४ हजार विद्यार्थीलाई कापी, कलम र स्टेशनरी सामाग्री प्रदान गरेको वुद्धवाल घुम्ती पुस्तकालयका निर्देशक ईश्वरप्रसाद तिवारीले वताए ।
उनले आगामी दिनमा समेत आफ्नो संस्थाले उक्त विद्यालयलाई सहयोग गर्दै जाने विश्वास दिलाए । यससँगै फाउडेसनले पुस्तकालय पढाई शिविर कार्यक्रम मार्फत विद्यार्थीलाई औपचारिक शिक्षाको अलवा अनौपचारिक शिक्षा समेत प्रदान गर्दै आएको छ ।
विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा वडा नं २७का वडाध्यक्ष पुर्णकुमार गुरुङले सरकारी विद्यालयमा शैक्षिक दुरावस्था आउन नदिन सवैको सहयोग आवश्यक रहेको वताए । विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामाग्रीले शैक्षिकस्तर सुधारगर्न सहयोग पुग्ने भन्दै उनले वुद्ध वालघुम्ती पुस्तकालयले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्दा विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयलाई व्यवस्थित र उत्कृष्ट वनाउन सवैको सहयोगको खाचो रहेको वताउदै उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलले आगामी दिनमा शैक्षिक क्यालेन्डर नै वनाएर हरेक वर्ष यसरीनै सहयोगी हातहरुलाई वढाउन सवैसँग आग्रह गरे । शिक्षक वेदनाथ अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा शिक्षासेवी रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, एवं शिक्षा प्रेमीहरुको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१