काठमाण्डौ, २४ पुस । ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० मा पुरुष एकल तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । प्रिन्सले भारतका खेलाडी आयन रसिदलाई २१–१०, २१–९ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।
तर उनी मिक्स डबल्समा भने पराजित हुन पुगे । रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिर संग २४–२६, २१–१४ र २१–८ ले पराजित हुन पुगे ।नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भईन् । यस्तै निताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरा संग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाईन् ।
पुरुष एकल तर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलङ्काका दुमिन्दु अवेविक्रमासंग २१–७, २१–९ को सोझो सेटमा पराजि हुन पुगे । पुरुष एकल तर्फ भारतका अभिन बशिष्ठले श्रीलङ्काकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले तथा भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगितामा रशिला महर्जन एकल प्रतिस्पर्धामा पनि पराजित भईन् । महर्जन मलेसियाकी करुपथेभन लेत्शानासंग २१–१४, २१–१२ ले पराजित भईन् । यस्तै सीमा राजबंशी भारतकी अनुपमा उपाध्यायसंग २१–९, २१–७ले पराजित भईन् । महिला एकल तर्फको अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले पराजित गरिन् ।
पुरुष युगल तर्फ नेपालका अमृत चौधरी र जे.बी. साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१–१६, २१–१२ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे । अन्य खेलमा नेपाली खेलाडीले पराजय भोगे । श्रीलङ्काकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१०ले, भारतका आर.बिकास प्रभु र अरुण कार्थिक के.को जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे ।
मिक्स डबल्स तर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीले अमृत चौधरी र बिष्णा बिष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे भने जे.बी. साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा के.एस. र सनिया सिकन्दरको जोडी संग २१–२, २१–७ ले पराजित हुन पुगे । प्रतियोगितामा यु – १९ को विधामा मात्र प्रतिस्पर्धा भईरहेको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१