माघको अन्तिम सातामा कोल्मा क्रस कन्ट्री

आदर्श समाज सम्वाददाता
पौष १०, २०७६
Cross Country, Kolma Syanja

पोखरा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–९, कोल्मामा क्रस कन्ट्री दौड हुने भएको छ ।

‘स्वास्थ्यको लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने नारा सहित आगामी माघको २५ गते स्याङ्जामा सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले क्रस कन्ट्री दौड गर्न लागेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागेको मञ्चका अध्यक्ष जीतबहादुर गुरुङले बताए । उक्त अवसरमा क्रस कन्ट्री दौडका साथै विभिन्न साँस्कृतिक प्रदर्शनीसँगै होम–स्टे साँझ समेत हुने बताइएको छ ।

क्रस कन्ट्री दौडको खुल्ला पुरुषतर्फ ३१ कि.मि दौड, १४ कि.मी दौड, २१ बर्ष मुनीका दुई पुरुष रहेका छन् । कोल्मा बराहचौरदेखि शुरु हुने क्रस कन्ट्री दौड बराहचौर, काहुले, डाँडास्वाँरा, नाम्चे, काल्खु, बिरुवा गाउँपालिका–४, खुदी मड्किना हुँदै कोल्मा बराहचौरमा आएर समाप्त हुनेछ ।

खुल्ला दौडतर्फको विजेताले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार नगद सहित प्रमाणपत्र र मेडल पुरस्कार पाउनेछन् । २१ बर्ष मुनीतर्फ विजेताले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार पाउनेछन् ।

अघिल्लो संस्करणको ३१ किलोमिटरको खुल्ला पुरुषतर्फको क्रस कन्ट्री दौड नेपाली सेनका राजन खत्रीले जितेका थिए । १४ किलोमिटरको दौड कमलप्रसाद श्रेष्ठले जितेका थिए । उक्त कार्यक्रममा एनआरएन युके र विदेशमा रहेका कोल्मा बहाकोट चारथुमवासी, स्थानीय संघसंस्था, युवा क्लव, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै