आर्यन र ईशाश्रीलाई जयकर स्मृति टेनिस उपाधि

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
Jayakar Smriti Tenis

पोखरा । आर्यन गिरी र इशाश्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु –१४ तर्फको उपाधि हात पारेका छन् ।

बिजयी खेलाडीहरुले नगद २५ हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

आइतबार सम्पन्न पुरुषतर्फको फाईनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै, ईशाश्रीले सुभाङ्गीलक्ष्मी शाहलाई ६–४, ६–३ ले नै पराजित गर्दै उपाधि हात पारेकी हुन् । पराजित अकी र सुभाङ्गीले नगद १२ हजार ५ सय हात पारे ।

प्रतियोगिताको योेङ्गेष्ट पुरुष खेलाडीमा सुजन कुइकेल र महिलातर्फ जु युचेन रहे । उनीहरुले गिफ्ट ह्याम्पर प्राप्त गरे ।

सातदोवाटोस्थित कोर्टमा भएको प्रतियोगिताको पुरुष यु–१२ तर्फको प्रतिस्पर्धामा आयुष्मान हजुर घलेले श्लोक केजर श्रेष्ठलाई ६–२, ६–१ को सेटमा पराजित गरे । उनले नगद २० हजार सहिति मेडल तथा प्रमाणपत्र प्राप्त गरे । यस्तै, दोश्रो स्थान प्राप्त गरेका श्लोकले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

जयकर स्मृति एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष यु–९ तर्फको खेलमा स्पर्ष तिमिल्सिनाले बाजी मारे । उनले प्रणभ घिमिरेलाई ४–२, ४–० सेटमा हराउँदै स्वर्ण प्राप्त गरे । महिलातर्फ शिभाली गुरुङले बाजी मारिन् । उनले कर्मिष्ठा नुघालाई ८–६, ५–३ ले पराजित गरिन् । स्वर्ण हात पार्नेले नगद १० हजार र रजतले ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै, यु–८ पुरुषतर्फ प्रणव घिमिरेले संजोग ब्लोनलाई १०–३, १०–६ ले तथा शिभाली गुरुङले आयुषा जिसीलाई १०–६, १०–२ मा पराजित गर्दै स्वर्ण हात पारे । प्रणव र शिभालीले नगद ५ हजार र संजोग र आयुशाले नगद २५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width